तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनमा यहाँहरूलाई स्वागत छ। यस तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन वार्षिक रुपमा संचालन हुने अन्तर्राष्ट्रिय साहसिक खेलकुद कार्यक्रम हो। सन १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र सर एडमन्ड हिलारीद्वारा ऐतिहासिक सगरमाथा आरोहणको उत्सव मनाउँदै प्रत्येक वर्ष सगरमाथा आधार शिविरबाट आयोजना हुने गर्दछ।
२०२५ संस्करण, तेन्जिङ्ग नोर्गे शेर्पा र सर एडमन्ड हिलारीद्वारा सगरमाथाको सफल आरोहणको ७२औँ वार्षिकोत्सव हो र यस म्याराथन कार्यक्रमको २०औँ संस्करण हो।
* * * * *
नेपाली धावकहरूले ७० किलोमिटर एक्सट्रिम अल्ट्रा र ४२ किलोमिटर पूर्ण म्याराथन मा भाग लिन सक्ने्छन ।
एभरेष्ट म्याराथन सबैको लागी खुल्ला छ, यस दौडमा भाग लिनको लागि शारीरिक अवस्था स्वस्थ, बालिग उमेर र कानूनी कागजपत्र भएकालाई मात्र प्रदान गरिनेछ ।
प्याकेज १ अन्तर्गत : प्रवेश शुल्क रू२५,०००/- (पच्चीस हजार मात्र) तोकिएको छ र दाखिला पश्चात फिर्ता हुनेछैन ।
मिति : मे २८ तारिख देखि मे ३० तारिख ।
यस अन्तर्गत निम्न सुविधा प्रदान गरिनेछ :
१) एक रात (मे २८) एभरेष्ट बेस क्याम्पमा खाने, बस्ने (२ व्यक्ति १ टेन्ट र म्याट्रेस) स्लिपिङ्ग ब्यागको व्यवस्था स्वयमले गर्नुपर्ने ।
२) एक रात (मे २९) नाम्चे बजारमा खाने, बस्ने सुविधा ।
३) पोर्टर मार्फत ब्याग एभरेष्ट बेस क्याम्पबाट नाम्चे बजारसम्म ढुवानी ।
४) रेस नम्बर, रेस जर्सी, रेस ज्याकेट वा हुडी, म्याराथन किट ब्याग ।
५) आकस्मिक दुर्घटना बिमा (२९ मे म्याराथन दिनको लागि मात्र) ।
प्याकेज २ अन्तर्गत : प्याकेज शुल्क रू११५,०००/– (एक लाख पन्ध्र हजार मात्र) तोकिएको छ, जसमध्ये रू२५,०००/– अग्रिम दाखिलाको रूपमा हुनेछ र दाखिला पश्चात फिर्ता हुनेछैन ।
मिति : मे १७ तारिख देखि जुन १ तारिख ।
यस अन्तर्गत निम्न सुविधा प्रदान गरिनेछ :
मे १७ देखि जुन १ तारिखसम्मका सम्पूर्ण कार्यक्रमको जिम्मेवारी यस कार्यालयको तर्फबाट हुनेछ ।
१) काठमाडौं–लुक्ला–काठमाडौं हवाई सेवा (वा) रामेछाप–लुक्ला–रामेछाप हवाई सेवा तथा काठमाडौं–रामेछाप–काठमाडौं सटल बस सेवा ।
२) मे १७ देखि मे ३० तारिखसम्म लजमा खाने/बस्ने ।
३) दुई रात (मे २७ र २८ तारिख) एभरेष्ट बेस क्याम्पमा खाने/बस्ने (२ व्यक्ति १ टेन्ट र म्याट्रेस) स्लिपिङ्ग ब्यागको व्यवस्था स्वयमले गर्नुपर्ने ।
४) अन्तराष्ट्रिय धावकहरूको समूह साथ बेस क्याम्प यात्रा ।
५) पोर्टर मार्फत झोला एभरेष्ट बेस क्याम्पसम्म र बेस क्याम्पबाट लुक्लासम्म ढुवानी ।
६) डाक्टर मार्फत स्वास्थ्य परिक्षण ।
७) ग्रुप लिडरबाट दैनिक गरिने कार्यको सारसंक्षेप विवरण तथा उचाईमा हुने सक्ने सम्भावित जोखिम न्युनिकरण बारे जानकारी तथा प्रशिक्षण ।
८) रेस नम्बर, रेस जर्सी, रेस ज्याकेट वा हुडी, म्याराथन किट ब्याग ।
९) आकस्मिक दुर्घटना बिमा (२९ मे म्याराथन दिनको लागि मात्र) ।
दुर्गम क्षेत्रका धावकहरूका हकमा सम्बन्धित गा.वि.स. कार्यालय वा सम्बन्धित संस्थाको पत्र वा नागरिकताका आधारमा प्रवेश शुल्कमा सहुलियतको ब्यवस्था गरिएको छ ।
तल दिएको प्रवेश फारम भरि इमेल मार्फत वा स्वयं उपस्थित भई दर्ता गर्न सकिनेछ । प्रवेश फारममा दिइएको सम्झौता तथा स्विकृतीका शर्तहरू र महत्वपूर्ण बुँदाहरू राम्रोसंग पढ्नु हुन अनुरोध गर्दछौं ।
भुक्तानी गर्न तल दिइएको क्युआर कोड मार्फत वा बैंक खाता विवरण अनुसार वा स्वयं उपस्थित भई नगदबाट समेत गर्न सकिनेछ । ईबैंकिङ्ग, फोन–पे, ईसेवा वा खल्ती मार्फत भुक्तानी पश्चात सोको प्रमाण वा जानकारी प्रवेश फारमका साथ ईमेल मार्फत वा तल दिइएको सम्पर्क नम्बरहरूमा समेत दिनुहुन अनुरोध गर्दछौं । सम्पर्क व्यक्तिहरूको पुष्टि बिनाका कुनै पनि प्रवेशलाई मान्यता दिन यस कम्पनी बाध्य हुने छैन् ।
प्रवेश फारम दाखिला गर्दा पहिचान सहितको कागजात, नागरिकता वा नागरिकता प्रमाणपत्रसँगै प्रमाणित हुने अन्य परिचय पत्र तथा २ प्रति फोटो समेत दाखिला गर्नुपर्नेछ ।
फारम दर्ता अन्तिम मिति २३ मे २०२५ तारिख तोकिएको छ र सो समय भित्र गरिसक्नुपर्ने छ ।
अन्तिम दर्ता मिति पश्चात कम्पनी दर्ता लिन बाध्य हुने छैन् ।
* - फारममा दर्ता पश्चात सो फारममा भरिए अनुसार नै दौड छनोट वर्गमा भाग लिनुपर्ने छ, पछि परिवर्तन गरिने छैन् ।
खाताको नाम (Account Holder Name): Tenzing Hillary Everest Marathon May 29
बैंकको नाम (Bank Name): Himalayan Bank Limited
खाता नं. (Account Number): 006 02506260019
बैंकको शाखा (Bank Branch): Patan Branch
काठमाण्डौंमा दर्ता गर्नुहुने धावकहरूले रेस (चेष्ट) नम्बर, रेस जर्सी आदिको सङ्कलन यस म्याराथन आयोजकको कार्यालयमा स्वयं उपस्थित भई गर्नुपर्नेछ र नागरिकता वा परिचयपत्र (आइ.डी.) अनिवार्य देखाउनु पर्नेछ ।
सम्पर्क
तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन
सानेपा चोक, खरिको बोट
पाटन, ललितपुर – २
इमेल : Info.Guys@EverestMarathon.com
सम्पर्क व्यक्ति
आरती खड्का
९८५१ ११३ ००० (ह्वाट्सएप | WhatsApp)
इमेल : Aarati@EverestMarathon.com
रिजु महर्जन
९७०२ ३३९ ८६६ (ह्वाट्सएप | WhatsApp)
इमेल : Rizu.Protocols@EverestMarathon.com